पोखरा - विद्यार्थीबाट अतिरिक्त रकम लिएपछि सुरु भएको आन्दोलन फिर्ता गर्ने सहमति पछि सकिएको छ । पोखराको मनिपाल कलेजले चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीबाट तोकिएको भन्दा ६ लाख रुपैयाँ बढी शुल्क लिएको उनीहरूको आरोप छ ।

त्यही शुल्कविरुद्ध विद्यार्थी संघ संगठनहरूले आन्दोलन गरेका थिए । निरन्तरको आन्दोलनपछि कलेज प्रशासनले शुल्क फिर्ता लिने निर्णय गरेको हो ।

मंसिर २० गते प्रशासनमा ताला लगाएर सुरु भएको आन्दोलन बुधबारको सहमति पछि सकिएको छ । मनिपाल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गराउन तयार रहेको प्रतिबद्धता जनाएको छ । 

यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक विद्यार्थीहरूसँग कुनै पनि अतिरिक्त रकम नलिने, विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्ष तिर्नुपर्ने शुल्कमा घट्ने गरी व्यवस्थापन गर्न तयार रहेको कलेजले जनाएको छ ।

आगामी दिनमा कलेज र स्थानीय समुदायसँग सहकार्यसहित समन्वयमा अघि बढ्ने बताइएको छ । विद्यार्थीहरू सहमत भएर बुधबारदेखि नै ताला खोलिएको अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले जानकारी दिए । सम्झौता पत्रमा पौडेल र प्रशासनको तर्फबाट भानु भारद्वाजले हस्ताक्षर गरेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार