काठमाडाैँ - काेराेना बढेपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म सबै विद्यालयमा विदा दिनुपर्ने निर्णय गरेकाे छ । 

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो । 

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले बताए अनुसार कोभिडको बढ्दो दरलाई ख्याल गर्दै जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको हाे । 

व्यवस्थापन केन्द्रको निर्णय अब मन्त्रिपरिषद्‍बाट निर्णय गराएर कार्यान्वयनमा लगिने छ । कोभिड-१९ संकट व्यवस्थापन निर्देशक समितिको बैठकले विद्यालय बन्द गर्न निर्देशन दिन सक्थ्यो । तर व्यवस्थापनको बैठकको निर्णयलाई भने मन्त्रिपरिषद्‍मा लगेपछि स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

उपत्यकासहित देशका धेरै स्थानमा अहिले आन्तरिक परीक्षा चलिरहेको छ । परीक्षा सकिएका विद्यालयले कम्तीमा एक साता बिदा दिइसकेका छन् । यो पटक धेरै विद्यालयले पुस मसान्तबाट जाडो बिदाको तयारी गरेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार