बाजुरा- बाजुराको हिमाली गाउँपालिका– ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ । हिमपातसँगै बढेको चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल बुढथापाले जानकारी दिए । 

उनका अनुसार गुम्बामा अहिले पनि करिब दुई फिटसम्म हिउँ जमेको छ । 

चिसोका कारण बर्सेनि विद्यालय बन्द हुँदै आइरहेको छ भने यस वर्ष १६ पुसदेखि फागुन पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक भीम गरीले जानकारी दिए । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार