काजीमान कन्दङवा

हिले नै एउटा बृद्धका दुई छोराहरू थिए । एउटाको नाम तेइङ्गो र अर्कोको नाम सेल्लो । 

मर्ने बेलामा उसले आफ्ना दुवै छोराहरूलाई बोलाएर छेउमा राख्यो । ती दुवैलाई त्यस बृद्धले सम्झाउँदै अर्ती दिन लाग्यो । उसले भन्यो- “तिमी दुवै जना मेरा छोराहरू हौ । तिमी दुवैले आफ्नो घर-गाउँ र आफ्नो देश छोडेर अर्काको देशमा नजानू । अर्काको देशमा गएर कसैको उन्नति र सम्मान रहँदैन । आफू जन्मेकै ठाउँमा, आपने देशमा जसो तसो गरी गुजारा गर्दै गयौ भने पनि आफ्नो शिर ठाडो गरी सम्मानसाथ बस्न सक्तछौ । यति भनेर त्यो बुद्ध मर्यो ।

बृद्ध मरेपछि तेङ्गोले चाहिँ पिताको अर्ती-उपदेशलाई शीरोपर गरेर आपने घर-गाउँमा नै बसेर आपने जन्मस्थलमा मेहनत र लगन साथ काम गर्न लाग्यो ।

उसको भाइ सेल्लो चाहि बाबुले दिएको अर्ती-उपदेशलाई नमानी दाज्यू तेङ्गो भन्दा राम्रो सम्मानित हुने विचारले आफू बसेको ठाउँ छोडेर अर्कै देशमा गयो । सम्मानित हुने विचारले विदेशमा गएको त्यो सेल्लो भने जस्ताको तस्तै, सानोको सानै रह्यो र ढाँड़-पखेराहरूमा पसेर बस्नु पर्यो ।

उसको दाज्यू तेङ्गाेले चाहिँ आफ्ना पिता-पुर्खाको अर्ती-उपदेशलाई मानी सोही अनुसार आफ्नै ठाउँमा लगनसाथ काम गर्न लाग्यो, अर्काको देशमा गएन । त्यसैले ऊ चाहिँ आफ्नै जन्मभूमिमा गण्य माण्य र सम्मानित भई बाँचेको छ ।

त्यसैले आजपनि तेङ्गो चाहिँ अग्लो-लामो भएको देख्न पाइन्छ, सेल्लो चाहिँ जस्तोको तस्तै थुपुक्क थुप्रेर बसेको छ ।

तेङ्गाेः सिमल

सेल्लाेः अमलिसाे

२०१४-२-२१-१

पाठकहरूलाई नेपाल र नेपालीको ऐतिहासिक वाङ्मय र लेखन परम्परासँग परिचित गराउने उद्देश्यले द मार्जिनद्वारा अर्काइभ शुरू गरिएको हो । अर्काइभको यो अंकमा हामीले प्रस्तुत गर्‍यौँ, प्रज्ञाप्रतिष्ठानद्वारा २०५२ (भदाै-मंसिर) मा प्रकाशित बहुभाषिक सयपत्रीबाट काजीमान कन्दङवाकाे तेङ्गो किन अल्गो, सेल्लो किन होचो ? शीर्षककाे कथा । कथापाठलाई यथाशक्य मूल (पत्रिकाकाे) वर्णविन्यासअनुसार संरचित गरिएकाे छ । -स.  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।