पुँजी वृद्धि नगरी आर्थिक वृद्धि दिगो बनाउन सकिदैन । रामेश्वर खनाल, पूर्व अर्थ सचिव


पूर्व अर्थ सचिव रामेश्वर खनालले पुँजी वृद्धि नगरी आर्थिक वृद्धि दिगो बनाउन नसकिने बताएका छन । उनले निर्यातमा वृद्धि नगरे सम्म वैदेशिक डलर भित्र्याउन नसकिने बताएका हुन् । निर्यात कमजोर भएका कारण आम्दानी पनि कम भइरहेको उहाको भनाई छ । द मार्जिन मिडियाको प्रस्तुती म्यानेजमेन्ट टकमा कुराकानी गर्दै पूर्व अर्थ सचिव खनालले देशमा उत्पादन वृद्धि गरेर पुँजी निर्माण गरी राज्यको आम्दानी बढाउन सकिने बताए । सरकारको स्थायित्वले पनि देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अर्थविद्ध समेत रहेका खनालले राज्यका सार्वजनिक संस्थानका नेतृत्वलाई मजबुत बनाउन सकेको खण्डमा मात्रै सरकारले चाहेको काम गर्न सहज हुने बताए ।

उनले सरकारले सञ्चालन गरेका पूर्वाधार आयोजनाहरु समयमा सम्पन्न भएमा त्यसले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउने बताए । जस्तैः मध्यपहाडी लोकमार्ग समयमै सम्पन्न भइ दिएको भए हजारौ मेगावाटका विद्युत आयोजनामा लगानी गर्न निजी क्षेत्र जान्थ्यो, उनले अगाडि थपे सडक पूर्वाधार निर्माण भएको खण्डमा मात्रै थप विकास निर्माण कामहरु गर्न सकिन्छ, यदि सरकारले व्यवस्थापन पक्षलाई ध्यानमा राख्दै देशमा सञ्चालित आयोजना समयमै निर्माण कार्य सम्पन्न गरेको खण्डमा त्यसले देशको आर्थिक वृद्धि दरमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले सरकारबाट निजी क्षेत्रले पाउनु पर्ने सहयोग नपाउन दुःखद भएको बताए । खनालले विगतमा अपनाइएको वीत्त व्यवस्थापनका कारण नेपाल सरकारको आन्तरिक राजस्वमा वृद्धि हुदै गएको बताए । अब हामी आन्तरिक आम्दानीले पनि देशमा ठूला ठूला आयोजना सञ्चालन गर्न सक्छौ, किनभने अहिले राज्यले आफ्नै लगानीमा पनि देशका विभिन्न स्थानमा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न सक्षम भएको छ, यो सुखद पक्ष हो ।

खनालले चाहिएको खण्डमा मात्रै वैदेशिक सहायता लिएर बजेटको सहि ठाउँमा सदपुयोग गर्नु पर्नेमा जोड दिए । उनले देशको आर्थिक समृद्धिका लागि पुँजी निर्माणमा नै सरकारको ध्यान जानु पर्ने बताए । उनले पुँजी बढेको खण्डमा अनुदानको आवश्यकता पनि नपर्ने बताए । खनालले सस्तो ब्याजदरमा वैदेशिक ऋण लिएर उत्पादनमूलक कार्यमा उक्त बजेट खर्च गरेर फाइदा लिनु पर्नेमा जोड दिए ।   
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार