काठमाडाैँ - चर्चित गायक तथा संगीतकार शिवराज गुरुङ र गायिका मेलिना राईको स्वरमा कहाँ होला मेरी मायालु बोलको गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजानिक भएको छ । सोमबार गायिका मेलिना राईको युट्युब च्यानल मार्फत सार्वजनिक गीतलाई छोटो समयमै लाखौँ दर्शक श्राेताहरूले मन पराइदिएका छन् । भने सार्वजानिक भएको केही दिनमै युट्युबको सर्वाधिक हेरिने ट्रेन्डिङ्गमा समेत परी सकेको छ । नरेन लिम्बु र कुसुम गुरुङको अभिनय रहेको म्युजिक भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका छन् भने विश्वास राइले छायांकन गरेका छन् । प्रवीन श्रेष्ठले सम्पादन गरेको यस म्युजिक भिडियोलाइ अनुप गिरीले पब्लिसिटी डिजाइन गरेका हुन् । छोटो समयमै लोकप्रिय बनेको गीत र यति धेरै सकारात्मक प्रतिक्रिया पाउँदा आफूहरू अत्यन्तै हौसिएको गायक तथा संगीतकार गुरुङले बताएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...