काठमाडौँ - साफ च्याम्पियनसिप फुटबलको फाइनलकाे पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपाल र भारतबीच जारी खेलमा दुवै टिमले गोलका केही राम्रा अवसर पाएकाे भएपनि ती अवसर गाेलमा परिणत हुन सकेनन् ।

वर्षाका कारण मैदानमा खेलाडीले केही असहज महसुस गरे पनि दुवै टिम गोलका लागि प्रयास गरेका छन्।

जारी प्रतियोगिता  नेपाल र भारत सहित ५ राष्ट्रको सहभागिता रहेको थियो जहाँ राउन्ड रोबिन लिगको आधारमा शीर्ष दुईमा रहँदै नेपालले पहिलो पटक साफको फाइनलमा प्रतिस्पर्धा गरेको हो । भारत साफमा सात पटकको च्याम्पियन हो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...