काठमाडाैँ - भारतीय फुटबल टिमका सहायक प्रशिक्षक शानमुगम वेंकटेशले नेपाललाई हराउन कठिन रहेकाे बताएका छन् ।

साफ च्याम्पियनसिपको फाइनलअघि आयोजिन प्रेस कन्फरेन्समा उनले नेपाल कडा प्रतिस्पर्धी भएकाले फाइनल खेल सहज नहुने बताएका हुन् । 

साफ च्याम्पियनसिपको फाइनल नेपाली समयअनुसार शनिबार राति ८ः४५ मा शुरू हुने छ।  

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाचले फाइनलमा सहभागी हुन नपाउने भएकाले सहायक प्रशिक्षक वेंकटेशले  प्रि-म्याच कन्फरेन्समा भारतको तर्फबाट बोलेका हुन् । स्टिमाचले माल्दिभ्सविरुद्धको खेलमा दुई पहेंलो कार्ड पाएका हुन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...