एजेनिस- हङकङसँग गोलरहित बराबरी खेलेपश्चात नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । छनोट चरणको दोस्रो खेलमा हङकङसँग बराबरी खेलेसँगै नेपाल बाहिरिएको हो । यसअघि फिलिपिन्सविरुद्धको खेलमा २-१ ले पराजित नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो ।  

मंगलबार उज्वेकिस्तानको  जेएआर एसओके माजमुएसी स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। आजको खेल जितेको भए नेपालले आगामी वर्ष भारतमा हुने एसियन कपमा छनोट हुन सम्भावना जीवित नै रहन्थ्यो । 

अब समूहको अन्तिम खेलमा फिलिपिन्स र हङकङबीचको असोज ८ गते प्रतिस्पर्धा हुनेछ। समूहको शीर्ष टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...