प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे लेखक तथा चलचित्र निर्देशक

हिंड्दा हिंड्दै सयमले म यहाँ आइपुगेको हुँ । कतै हिंड्नु मेरो लागि योजना कम मुड ज्यादा हो । बहाना वा बिना बहाना । कामले वा बेकामले । एक पटक वा पटक–पटक । पुग्ने गर्छु कुनै ठाउँ । ती मध्ये तेह्रथुम जिल्लाको तीनजुरे आसपास क्षेत्र पनि एक हो । इटहरी, धरान, धनकुटा हुँदै बसन्तपुर बजार पुगेपछि यहाँ पुग्न सकिन्छ। बसन्तपुर बजारबाट पैदल यात्रा तीन घण्टा वा रिजर्भ गाडीमा एकघण्टा लाग्छ । आजभन्दा केही बर्ष अगाडि सवारी साधनका लागि भने जस्तो बाटो थिएन तर अजाभोलि निक्कै सहज भएको छ । बाटोको सुविधा पुगेसँगै मौलिक सौन्दर्यमा भने केही ह्रास देखिन्छ । हरेक ऋतुमा पुगे पनि यहाँको सौन्दर्यको म पारखी हुँ । फागुनदेखि बैसाख बीचको समय सबै भन्दा सुन्दर देखिन्छ । जतिबेला धेरै जातिका गुराँस फुलेर यसक्षेत्र नै लालीमय देखिन्छ । खान र बस्नका लागि सामान्य होटलहरु छन् । बसन्तपुर बजारको उत्तरपुर्व तर्फ तीनवटा साँढेको जुरो जस्तो देखिने डाँडाको नामबाट यो क्षेत्रको नामाङकरण भएको हो । २४७५ मिटरको देउराली देखि ३०३४ मिटर उचाइसम्मको यस क्षेत्र भित्र घुर्बिसे, पाँचपोखरी, फेदी आदि पर्दछ । ३२ प्रजातिका लालीगराँस पाइने यो क्षेत्रलाई गुराँसको राजधानी भनिन्छ । विभिन्न जातजातिको मिश्रित बसोबास भएता पनि यहाँ लिम्बू जातिको बहुलता छ । मेरो उदेश्य यहाँको बारेमा समग्र रुपले लिखित चिनारी दिनु होइन । 

मुडमा हिडेको बेला, मन लागेको बेला, अलग अलग समयमा खिचिएका यस क्षेत्रका केही ¥यान्डम फोटोहरु छन् । जो तपाईंहरुमाझ सेयर गर्न चाहान्छु । 

***
***
***
***
***
***
***
******
******
***
***

***
***
******

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...