“ छिटो गए भन्न सकिन्न,बिस्तारै गए अवस्य पुगिन्छ ।" जस्तो महान वाणी बोकेर एउटा ट्रक, भर्खरै पुलमुनि खस्यो । कवि उपेन्द्र सुब्बाको कविताको भावार्थ जस्तो सबलाई हतार छ । आफैँलाई भुलेर मानिसहरू के खोज्न यति धेरै हतारमा हुन्छौं, अहँ थाहा छैन । खोज, अनुसन्धान, प्राप्तिका नाममा हामीहरू आफुभन्दा धेरै टाढा पुगिसकेका छौं । जीवनको लागि हतार कि, हतारको लागि जीवन दोधार छ । जीवनकै यस्तै यात्राको क्रममा थियौं । आँधी,हुरी चलिरहेको थियो । आँखै अगाडि २०० मिटर जतिको दुरीमा चट्याङले हानेर एउटा रुख ढल्यो । रुखले बिजुलीको पोल समेत आफैसँग लतार्यो। मानिसहरू आत्तिएर चिच्याउँदै यताउता गर्दै थिए । हामी पनि घटना स्थलमा पुग्यौं । यस्तो जोखिमपुर्ण अवस्थामा पनि यी व्यक्ति भने रुखमुनीबाट, बिजुलीको तार टेक्दै (भलै करेन्ट बन्द भएको थियो होला) बाटो काटेर निस्किए । हत्तपत्त फोटो कैद गर्न भ्याएँ । आजको फोटो हामीहरू जस्तै हतारमा रहेकाहरूको तिनै प्रतिनिधि पात्रको राख्न चाहें ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...