सन् २०१९ अक्टुवर २८ का दिन । खाजा खाएर देउरालीबाट हामी माछापुछ्रे वेसक्याम्पमा विहानको खाना खान पुग्यौं । त्यहाँबाट लाग्यौँ अन्नपुर्व वेसक्याम्प तर्फ । हेर्दा त्यहीँ जस्तो लाग्ने वेसक्याम्पमा पुग्न भने हामीलाई कम्ता सकस परेन । ओरालो हेर्दा कुहिरोले माछापुछ्रे श्रृङखला सबै-सबै ढाकेको थियो । म भने यात्रालाई विश्राम गरेर कुहिरो र हिमालको कुनै फरक खाले फोटो पो देखिहालिन्छ कि भनेर पर्खेर हेर्न थालेँ । सँगैका यात्रीहरूले “कुहिरोले ढाक्यो भने चिसोले मरिन्छ छिटो जाऊँ" भन्दै थिए । फोटोको लतीहरूलाई थाहा हुन्छ, अटेर गरेर दृश्यलाई कैद गर्नुको जर्बजस्त मज्जा । म त सामान्य लती थिएँ यद्दपी अह्म जिउँदो थियो । नभन्दै ४० मिनेट जतिको पर्खाइमा कुहिरो पातलियो । अचानक बिचमा माछापुछ्रेको टाकुरा देखा पर्यो । मेरो हातबाट क्लिक गर्न पाएँ । मुल्यमा नपाइने आनन्द महसुस गरें । त्यही फोटोको मोवाइल प्रति आज यहाँ राख्न चाहान्छु ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...