प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

न् २०१९ अक्टुवर २८ का दिन । अन्नपुर्ण वेस क्याम्प यात्राको चौँथो दिनको विहानी । हामी चोम्रोमबाट देउरालीसम्मको यात्रामा थियौं । रहरको यात्रामा थाकेर हिँडिरहेको बेला एकजना मान्छे नाम्लोमा ठूलो पानीको ट्यांकी बोकेर उकालो चढिरहेको थियो । त्यो उकालो जहाँ हामी खाली शरिर ओरालो झर्न आनाकानी गरिरहेको थियौं । उनलाई देखेर हामी आफैसँग लजाएका थियौं । मान्छेलाई भारी बोकेर करको उकालो हिँड्ने बाध्यता छ । हामी भने रहरको ओरालो झर्न पनि गाह्रो मानिरहेका थियौं । अरु केही गर्न नसके‘नि त्यसक्षण मोबाइलबाट उनको तस्वीर लिएको थिएँ । आज भावनात्क हिसाबमा उनको सम्मानमा यो फोटो राख्न चाहेँ । सबै सबै श्रमिकको जय होस् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...