लकडाउन नहुँदाे हाे त यतिबेला काभ्रे जिल्लाकाे राेशी गाउँपालिका स्थित तीनधारे झरनामा मान्छेहरुकाे घुँइचाे कुनै मेला-महाेत्सव भन्दा कम हुँदैन थियो। उपत्यका तथा अन्य ठाउँहरुबाट आएका आगन्तुकहरुकाे आगमनले झरनाकाे साैन्दर्यमाथि थप उर्जा भरिरहेको हुन्थ्याे । तर अहिले देशकाे भयावह परिस्थितिले गर्दा तीनधारे झरना मात्रै हाेइन, देशकाे अधिकांश पर्यटकिय क्षेत्रहरु सुनसान छ । तीनधारे झरनाकाे याे तस्वीर आजकाे फाेटाे श्रृङखलामा समावेश गरेका छाैँ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।