फाेटाेग्राफी आफैँमा एक सुन्दर कला हाे । अहिलेकाे याे समयमा विश्वभरिकै युवा पुस्ताहरुकाे मन फाेटाेग्राफीले तानिरहेकाे छ ।  पछिल्लो धेरैजसाे स्थापित पर्यटकिय क्षेत्रहरु स्थापित हुनुकाे श्रेय फाेटाेग्राफीलाई नै जान्छ । हामीले देखिरहेकाे सामान्य दृश्यलाई फाेटाेग्राफरले फरक नजरले देख्न सक्नु र फरक दृश्य कैद गर्नसक्नु फाेटाेग्राफरकाे कला हाे, क्षमता हाे । हामीले सामान्य तरिकाले मात्रै बुझ्ने हाे भने त फाेटाे एक निर्जीव तासपतीजस्ताे मात्रै हाे । तर एक कुशल फाेटाेग्राफरले खिचेकाे फाेटाेलाई हेर्ने हाे भने प्रत्येक फाेटाेमा प्राण भरिएको हुन्छ । जीवन भरिएकाे हुन्छ। जसले बिषयवस्तुकाे सेन्टिमेन्टलाई बुझेर तस्वीरमा फिल भर्न सक्छ । ऊ नै सायद एक कुशल र सफल फाेटाेग्राफर बन्नसक्छ । सबैले प्रयाेग गरिरहने एउटा भनाई छ "तस्वीर आफैँ बाेल्छ।" खासमा साँच्चै तस्वीर आफैँ बाेल्छ । हेर्ने हाे भने, बुझ्ने हाे भने एउटा जीवन्त तस्वीरले सिंगाे जीवनकाे बखान गरिरहेकाे हुन्छ । आउनुस् आजकाे फाेटाे श्रृङखलामा सहकर्मी जे.डी तमूले खिचेकाे यस फाेटाेलाई नियालाैँ

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...