हामी मान्छेहरु प्रकृतिकाे साैन्दर्य खाेज्न,हेर्न र महशुस गर्न कहाँ कहाँ पुगिरहेका हुन्छौँ । अझ पहुँचवालाहरुकाे सन्दर्भमा भन्ने हाे भने त धेरैजसाे मान्छेहरु मुलुक बाहिरकाे कंक्रिट साैन्दर्यमा रमाउन हरेक साल अन्य मुलुकहरुमा धाइरहेका पाउछाैँ । हामी स्वयमलाई पनि थाह हुँदैन कि हामी जन्मिएको, हामीले बाँचेकाे परिवेश कति सुन्दर छ भन्ने कुरा महशुस नै गरेका हुदैनाैँ । हामीले हाम्राे ठाउँका साैन्दर्यहरुलाई वास्तै गर्दैनाैँ अथवा बेवास्ता गरिरहेका हुन्छाैँ । "नजिककाे तिर्थ हेला" भनेजस्तै । पछिल्लो समयमा स्थापित भएका धेरैजसाे प्राकृतिक पर्यटकिय स्थलहरुकाे साैन्दर्य धेरैपछि मात्रै पहिचान गरिएकाे हामी सबैलाई थाह छ । 'द मार्जिन' काे आजकाे फाेटाे श्रृङखलामा सहकर्मी जे.डी तमूले खिच्नुभएकाे सन्दकपुर-५, 'जमुना गाउँ' र गाउँमा अवस्थित 'ढाप पाेखरी' लाई प्रस्तुत गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...