सप्तरी - प्रदेश नम्बर २ को आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबीकुमारी कर्ण बुधबार दुर्घटनामा घाइते भएकी छन् । कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कोर्पियो  अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारीमा एक महिना अगाडि हत्या गरिएको वृद्धको परिवारसँग भेटघाट गरी सोही गाउँपालिका-१ बरही वीरपुरमा एक हप्ता अघि हत्या गरिएकी महिलाको परिवारसँग भेटघाटका लागि जाने क्रममा छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक पल्टिएको हो ।

 राज्यमन्त्रीसहित ६ जना गाडीमा सवार रहेकोमा राज्यमन्त्री कर्णको बाँया हात चोटपटक लागेको र अन्यहरुलाई पनि सामान्य चोटपटक लागेको छ ।

अहिले मन्त्री कर्ण सहित सबैको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...