काठमाडौँ - निर्मला कुर्मी र ननकुन्नी धोबीलाई न्यायको माग गर्दै माइतीघरमा धर्नामा बसिरहेका आन्दोलनरत पक्ष र सरकारबीच सहमति भएको छ ।

आज धर्नारत समूह र गृह मन्त्रालयका अधिकारीबीच चार बुँदे सहमति भएको हो ।  

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले घटनाको छानबिनका लागि टोली पठाउने भएपछि सहमति भएको हो । धर्ना बसेको ४० दिन बितेपछि मंगलबार देखि रुबी खानले दोस्रो पटक आमरण अनशन सुरु गरेकी थिइन् ।

अनशन थालेकै दिन गृह मन्त्रालयमा आन्दोलनरत पक्ष र सरकारबीच सहमति जुटेको हो । सहमतिका लागि गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहितको टोली माइतीघर मण्डलामा पुगेका थिए भने अधिकारकर्मी मोहना अन्सारी, अधिवक्ता मोहना अन्सारी, प्रा डा. गोविन्द केसीलगायतका व्यक्तिहरू माइतीघर मण्डला पुगेका थिए ।

डाक्टर गोविन्द केसीले आन्दोलनरत पक्षलाई जुस खुवाएर अनसन तोडेका थिए । 




 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...