काठमार्डौँ – गृहले मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्नेलाई कारबाही हुने चेतावनी दिएको छ । 

सोमबार एक विज्ञप्ति निकाल्दै गृहले यस्तो चेतावनी दिएको हो । यसअघि आइतबार बुटवल उपमहानगरपालिका–१७ मोतीपुरस्थित मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर चार स्थानीयको मृत्यु भएको थियो भने दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।  

गृह मन्त्रालयका तर्फबाट सहायक प्रवक्ता तथा सूचना अधिकारी दिलकुमार तामाङले जारी गरेको विज्ञप्तिमा सो घटनाका लागि कसैले उक्साएको हुनसक्ने अनुमान गरेको छ । यस्तो खालको बहकाउमा परी  गैरकानुनी काम नगर्न समेत गृहले अनुरोध गरेको छ। 

उक्त घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । 

विज्ञप्तिः



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...