सराेज थापा

फाेटाेग्राफीमा रूचि राख्ने सराेज पेसाले व्यवसायी हुन् ।

ललितपुर महानगरपालिकामा पर्ने हात्तीवन-गोदावरी सडकमा यात्रा गर्नेहरूलाई यद्यपी सास्ती नै छ । १६ मिटर चौडा यस सडकखण्डको एक लाइन पीच एक वर्षदेखि रोकिएको थियो, स्थानीयवासीले सो कामको विरोध गरेका थिए । पूरै सडक कालोपत्रे गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले बीचमै काम छाडेको स्थानीयको भनाइ छ ।  

हात्तीवन–हरिसिद्धि–बाडेगाउँ–गोदावरी सडकखण्ड बनाउने जिम्मा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको हो । ०७३ सालमै ठेक्का लगाइएको थियो। आयोजनाले हात्तीवनदेखि गोदावरीसम्मको ७.६ किमि सडक कालोपत्रे गर्नुपर्ने बताएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सराेज थापा

लेखकबाट थप...

सम्बन्धित समाचार