सराेज थापा

फाेटाेग्राफीमा रूचि राख्ने सराेज पेसाले व्यवसायी हुन् ।

आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदैछ । र आजकै दिनबाट गाउँघरतिर लिङ्गे पिङ बनाउने होड सुरु हुन्छ । तर हिजाे आज दशैं शुरूहुन केहि दिन अगावै लगाउने गरीएकाे पाइन्छ । दशैंको विशेष खेल पिङ नै हो । खासगरी लिङ्गे पिङ । दशैंको खास खेल मात्र नभएर यस्काे फाइदा स्वास्थ्य सँग पनि जाेडिएर आउछ । पिङ खेलिरहँदा रोमाञ्चित र रमाइलाे त हुने नै भइयो, स्वास्थ्य पनि राम्रो हुन्छ । त्यसैले नै भनिएको होला, दशैंमा एक पटक भूँई छाड्नुपर्छ । खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दशैंको रौनक पनि भित्रिन्छ । केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिन्छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सराेज थापा

लेखकबाट थप...

सम्बन्धित समाचार