काठमाडौँ – झापाको विर्तामोड नगरपालिकामा आफ्नै घर अगाडि एक युवती मृत फेला परेकी छन् । 

बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्मदेखि उत्तर तर्फको गल्लीनजिकै बस्दै आएको घरकै आँगनमा २५ वर्षीया सिर्जना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

बिर्तामोडस्थित सृजनशील सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएकी बस्नेत दाजुभाउजुको साथमा बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार उनको घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको हो । अहिले नै सिर्जनाको हत्यारआत्महत्या केही भन्न नसकिने उनले बताए ।

घटनास्थल नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार