काठमाडौँ – अन्तरजातीय विवाह गरेको एक जोडी झण्डै एक महिनादेखि जंगलमा लुकेर बस्न बाध्य भएको छ । कैलालीको भजनी नगरपालिका–४ का कैलाली भजनी नगरपालिका-४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल जंगलमा लुकेर बस्न बाध्य भएका हुन् । उनीहरूले ४ असारमा विवाह गरेका थिए । 

उनीहरूले भिडिओ जारी गर्दै विवाहपछि परिवार र समाजले मार्ने धम्की दिएपछि ज्यान जोगाउन जंगलमा लुकेको बताएका छन् ।

उनीहरुले अन्तरजातीय विवाह गरेको २१ दिन भएको छ । विवाह गरेलगत्तै युवतीका आफन्तले युवकलाई मारिदिने र घर जलाई दिने चेतावनी दिएपछि उनीहरु जंगलमा बस्न बाध्य भएको प्रकाशका आफन्तले बताएका छन् । उनीहरू फाटट्फुट्ट गाउँमा आएपनि अधिकाशं सयम जंगलमा लुकेर बस्ने गरेको बताइएको छ ।  

उनीहरूले जंगलबाटै आफूहरू समस्यामा परेको भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा युवती भन्छिन्, ‘जबर्जस्ती विवाह भनेर मुद्दा हालिरहेका छन् । हामी जबर्जस्ती भनेर आको होइन, आफ्नै मनले विवाह गरेर आएको तैपनि घरकाले मानिरहेका छैनन् । हामी दुई माया गरेर आको मेरो पेटमा नि बच्चा छ ।’ त्यस्तै युवकले भनेका छन्, ‘रुकुमकाण्ड दोहोरिनसक्छ, याद छ कि छैन भन्ने पनि धम्काइरहेका छन् ।’ 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार