दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा परी नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उनकै तीन महिने नातनी मञ्जरी ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
पहिरोमा परि बेपत्ता भएका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोले १८ वर्षीया हरमती ठगुन्नाको खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको चन्दले बताए ।
बाढीले नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघुजलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको हो ।
त्यस्तै, बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा पानी घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...