काठमाडौँ – भारतीय अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई हालै अस्पताल भर्ना गरिएको थियो।
बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् । उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन् । करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए ।
उनका यादगार फिल्महरूमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...