बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३, बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ बर्षीय मानसिंह साउँद र सोही ठाउँका ६४ बर्षीय रामसिंह धामीको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको छ ।
जिपमा १२ जना सवार रहेका थिए । जिप चालक १९ वर्षीय खगेन्द्र साउँद भने फरार रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको जनाइएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...