काठमाडौँ – उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। 

लकडाउन र त्यसको मोडालिटीबारे छलफल गर्न आज दिउँसो ३ बजे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० को संयुक्त बैठक बस्ने भएको हो । 

‘बैठकले साँझ ५ बजेसम्ममा निर्णय गरी सार्वजनिक गर्नेछ । त्यसका लागि अहिले लकडाउन थप गर्ने र लकडाउनको अबको मोडालिटीका विषयमा विज्ञहरूसँग सरसल्लाह भइरहेको छ। 

यसअघि घोषित निषेधाज्ञाको अवधि सोमबार राति १२  बजेबाट सकिँदै छ। 

पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ। 

यसपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको छ । 

काठमाडौं उपत्यकामा गत वैशाख १६ मा सुरु निषेधाज्ञा पकटपकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ। तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार