काठमाडौँ – सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ ।

आज बिहान ९ बजे सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २२१४७५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

अहिले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि २९ ढोका खुल्ला गरिएको छ । प्रजिअ ढकालले ४० ढोका खोल्न अनुरोध गर्दा समेत भारतले ढोका खोल्न मानेको छैन ।

सप्तकोसी नदीमा प्रतिसेकेण्ड एकलाख ५० हजारक्युसेक पुगेपछि खतरा मान्छि । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसंगै सप्तकोसी ब्यारेजमा खतराको संकेत स्वरूप रोतो बत्ती बालिएको छ ।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्वसाधारण आतंकित बनेका छन् । सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ति डुवान हुने त्रास बढेको छ । सुनसरीको कोसी आसपासका क्षेत्रमा र डुवान भएका स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

यसअघि २०६५ साल भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार रहेको थियो । कोसी कटानका कारण सुनसरीको साविकका गाविसहरू हरीपुर, हरीपुर, पश्चिम कुशाहा र लौकहीमा हजारौँ विघा खेतीयोग्य जमिन मरुभूमि बनाउनुका साथै ५ हजार भन्दा बढी घर परिवारको विस्थापित भएका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार