काठमाडौँ – प्रेस काउन्सिलले रूपा सुनारविरुद्ध भ्रामक समाचार छाप्ने ६ अनलाइन समाचार पोर्टललाई कारबाही गरेको छ । रूपा सुनारको उजुरीपछि काउन्सिलले उक्त अनलाइनहरूमाथि कारबाही गर्दै पोर्टल बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो । 

कारबाहीमा पर्ने समाचार पोर्टलहरूमा खबरमाला, कालापानी पोष्ट, मिडिया ट्वान्टी पोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकम रहेका छन् । 

सुनारले आफूविरुद्ध भ्रामक समाचार लेखेको भन्दै ९ मिडियाविरुद्ध काउन्सिलमा उजुरी गरेको भएपनि आज ६ पोर्टलविरुद्ध कारबाही गरिएको हो । 

सुनारले उजुरीमा जातीय दुर्व्यवहारको विरोध गर्दा युरोपियन युनियनबाट उचालिएको, पैसा खाएकोलगायत भ्रामक सूचनासहित अफवाह फैलाइएको उल्लेख गरेकी थिइन् । 

रूपा सुनारले कोठा खोज्ने क्रममा आफूमाथि जातीय विभेद भएको भन्दै घरबेटी सरस्वती श्रेष्ठविरूद्ध उजुरी दिएकी थिइन् । श्रेष्ठ शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहवर छुटिसकेकी छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार