एजेन्सी – जमर्नीको ह्यामबर्गस्थित चिडियाखानाको हात्तीले अन्तिम १६को भिडन्तमा मंगलबार जमर्नीले इङ्गल्याण्डलाई हराउने भविष्यवाणी गरेको छ । यो ४२ वर्षिया यसोदा नाम गरेको हात्तीले ग्रुप राउन्डमा जर्मनीले फ्रान्ससँग हार्ने, पोर्चुगललाई जित्ने तथा हंगेरीसँग बराबरी गर्ने भविश्यवाणी गरेको थियो । उसका तिनवटै भविश्यवाणी मिलेका थिए ।
अहिले फेरि उसले इङ्गल्याण्ड र जर्मनीको झण्डा राखिएको बास्केटबाट जर्मनीको झण्डा झिकेर आगामी जर्मनीको खेलको भविष्यवाणी गरेको छ । यसले हागेनबेक चिडियाखानामा भेला भएका जर्मन समर्थकलाई उत्साहित पारेको थियो ।
फुटबलका ठूला प्रतियोगितामा खेलको परिणमको भविश्यवाणीका लागि जनवार प्रयोग गरिएको यो पहिलो पटक होइन । २०१०को विश्वकपमा पनि पल नाम गरेको अक्टोपसले जर्मनीले खेलेका सात वटै खेलको सही भविष्यवाणी गरेको थियो ।
त्यतिमात्रै होइन जब पल अक्टोपसले सेमीफाइनलमा स्पेनले जर्मनीलाई जित्ने भविष्यवाणी गर्यो, उसले जर्मन समर्थकहरूबाट ज्यान मारिने र खाइने धम्की पनि पाएको थियो । स्पेनिस प्रधानमन्त्रीले उक्त जनावरको सुरक्षको लागि ‘अफिसियल स्टेट प्रोटेक्सन’जारी गरेका थिए । उसले भविश्यवाणी गरे अनुसार नै स्पेनले विश्वकप उचालेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...