काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पारिने भएको छ । त्यसअनुरूप मगलबारदेखि काठमाडौँ उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको हो ।
काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सोमबार बसेको बैठकले लकडाउन थप खुकुलो पार्ने निर्णय गरेको हो ।
जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय हो । एकजना प्रमुख जिल्ला अधिकारीका अनुसार बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकी सो निर्णय गरिएको हो । त्यस्तै उपत्यकामा पुनः एक साता लकडाउन थप्ने निर्णय समेत गरेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...