काठमाडौँ – लिम्बू चलचित्रकर्मी संघले कथा प्रतियोगिता गरेर याक्थुङ कथा बैंक स्थापना गर्ने भएको छ । सयङले अनलाइनमाध्यमबाट प्रतियोगिता गरी कथा बैंक स्थापना गर्न लागेको हो ।
संसारभरि छरिएर रहेका सृष्टा, कथाकारहरूको कथाहरू संकलन गरी विशिष्ट, उत्कृष्ट लिम्बू चलचित्र निर्माण गर्नको लागि ‘याक्थुङ स्टोरी बैंक’ स्थापना गर्न लागिएको हो ।
‘अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ कथा प्रतियोगिता २०७८’ नाम दिइएको आयोजनामा कथा लिम्बू, अङ्ग्रेजी वा देवनगरिमा लेखिएता पनि लिम्बू बिषय हुनुपर्ने जनाएको छ । ४०० देखि ५०० शब्दको कथालाई समावेश गरिने प्रतियोगितामा मुन्धुमी, थिम्, मिम्, पर्यावरणीय, डायास्पोरिक कथाहरूलाई विषयक रूपमा पुरस्कृत गरिने भएको छ ।
सयङका अध्यक्ष सूर्यप्रकाश चेम्जोङका अनुसार आदिवासी जनजाति, मातृभाषी प्रवर्द्धन समिति, नेपाल चलचित्र वोर्डको सहयोगमा यस कार्यक्रम हुन लागेको हो ।
कथा असार २५ गतेभित्र सयङको इमेल [email protected] मा पठाइनुपर्ने र २७ गते जुममार्फत कार्यक्रम गरी सार्वजनिक गरिने जानकारी आयोजकले बताएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...