मेलम्ची । लगातारको वर्षाले मेलम्चीमा पुनः बाढी आएको छ । बाढीले मेलम्चीमा एउटा घर बगाएको हो । बाढीले मेलम्ची–११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो ।
शुक्रवारदेखि परेको पानीले खोलाको बहाव फेरि बढेपछि मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।
एक साताअघि आएको भीषण बाढीकै बेला स्थानीय गोपाल दुलालको सो घर जोखिममा रहेकामा शनिबारको बाढीले भत्किन पुगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...