इलाम । इलामसँग सीमा जोडिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ ।
गाउँपालिकाले आफ्नो २०७८/७९ को नीति कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने घोषण गरेको हो ।
पालिका भित्र सबै भन्दा धेरै लिम्बूसमुदायको बसोवास रहेको र लिम्बू जातिहरुको ऐतिहासिक ठाउँ साथै महागुरु फाल्गुनन्दको कर्मभूमि र समाधिस्थल समेत फाल्गुनन्द गाउँपालिकामा रहेको हुदाँ लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइन लागेको गाउँपालिकाका अध्यक्ष बिरबहादुर कुरुम्बाङले जानकारी दिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...