काठमाडौँ – केही समयअगाडि ४५ हजारभन्दा माथि रहेको काठमाडौं उपत्यकाको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले १० हजारमा झरेको छ । मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा १० हजार २१२ सक्रिय सङ्क्रमित रहेका छन् ।
संक्रमण घटेसँगै उपत्यकामा आजबाट लकडाउन केही खुकुलो भएको छ । आइतबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आजदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै असार १४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
लकडाउन खुकुलो भएसँगै निजी सवारी साधन र ट्याक्सी जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन पाउनेछन् । जसअनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधान सञ्चालन हुन पाउने भएका छन् । त्यस्तै आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन गर्न पाइनेछ भने सोही बार नै अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल बिहान ११ देखि ४ बजेसम्म खुल्न पाउनेछन् । खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खुल्न सकिने पराजुलीले जानकारी दिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...