काठमाडौँ –  हिमालय टेलिभिजनबाट  प्रशारण भइरहेकाे टेलिशृङ्खला जुठेको प्रशारण रोकिने भएको छ । निषेधाज्ञाको समयमा पनि प्रशारण भइरहेको टेलिसिरियलको प्रशारण अब रोक्नुपर्ने अवस्थामा पुगेको निर्माण टिमले जनाएको छ ।

गाउँले परिवेशमा छायाँकन हुँदै आएको जुठेको नयाँ शृङ्खला छायाँकन हुन नसक्दा प्रशारण स्थगित हुने भएको हो । निर्माण टिमका अनुसार निषेधाज्ञा खुकुलो भएसँगै टेलिशृङ्खला छायाँकन गरी पुनः प्रशारणमा ल्याइने छ । 

टेलिसिरियलले उठाएको विषयवस्तुमा दलित समुदायका केही अभियन्ताले गुनासो समेत गरेका थिए । 

याे पनिः जुठे टेलिशृङ्खलाबारे बहसः 'दलितलाई विचरा देखाउने काम बन्द हाेस्'

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार