काठमाडौँ – सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढीमा सम्पर्कविहीन भएकामध्ये दुईजना चिनियाँ र एकजना भारतीय मृत फेला परेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार हालसम्म चिनियाँ नागरिक गोङ टियान छियो, यु चि झु र भारतीय नागरिक कमल लोचन महतो मृत फेला परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोककाअनुसार बाढीमा परी थप २० जना सम्पर्कविहीन भएका छन् ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार सम्पर्कविहीन हुनेहरुमा माधव भण्डारी, गणेश ज्योती, टीकामाया खड्का, ज्ञानेन्द्र कक्षपती, सुरेन्द्र नेपाल, च्याङा तामाङ, काली तामाङ, साइली तामाङ, रेशम लाल सार्की, होमराज घिमिरे छन् । यस्तै भारतीय नागरिक विजय बासुमन्तरी, जिनडाओ वासुमन्तरी, चिनियाँ नागरिक सन यु चुवान पनि छन् । त्यस्तै सुनिल तामाङ, पूर्ण तामाङ, कामी तामाङ, नोर्की तामाङ, गीता थापा, सुदिप थापा र तस्बिर तामाङ छन् । अधिकांश सम्पर्कविहीन हुनेमा हेलम्बु गाँउपालिकाकै छन् । उनीहरूको खोजी कार्य जारी रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...