Author
काठमाडाैँ - मोरङमा बस्तीमा देखिएको हात्तीको तस्विर लिन खोज्दा एकजना युवकको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका – ८ स्थित हर्चनगडीमा बस्तीमा देखिएको हात्तीको तस्वीर लिन खोज्दा आक्रमणका परी २० वर्षीय मनोहर मियाँको मृत्यु भएको हो ।
शुक्रबार बिहान ६ बजेतिर बस्तीमा हात्ती आएपछि फोटो खिच्न जाँदा मिया आक्रमणमा परेका थिए । इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार भारतीय क्षेत्रबाट जंगली हात्ती बिहान ५ बजे नै नेपाली भूभागतर्फ आएको थियो । प्रहरी निरीक्षक अनमोल खड्काका अनुसार मियाको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो
पुर्वी नेपालमा हात्ती–मानव द्वन्द बढ्दो छ । दुई वर्ष यतामात्रै कोशीटप्पु आरक्षण क्षेत्र आसपासमा एउटै मकुना नाम गरेको मत्ता हात्तीले २४ जना मारिसकेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...