काठमाडौँ – लमजुङको दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका–८ हिलेबजार क्षेत्रका १४ वटा घर बगाएको छ ।
मंगलबार बिहानैदेखि परेको वर्षाले दोर्दीखोलामा ठूलो बाढी आउँदा अपराह्नतिर बजारका घरहरू बगाएको हो ।
१ सय २० घर रहेको उक्त क्षेत्र नै बाढीको उच्च जोखिममा छ । घर बगाएका र उच्च जोखिममा रहेकालाई फलेनी माविको भवनमा राखिएको छ ।
त्यस्तै बाढीले बिजुलीको पोल बगाउादा विद्युत् अवरुद्ध भएको छ । खेलमैदान र किसानका कुखुराको खोर पनि बगाएको छ । गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बाढीले केही पक्की र केही कच्ची घर बगाएको बताए
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...