काठमाडौँ – अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र ईन्द्रावती नदीमा भीषण बाढी आएको छ । बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन् ।

पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे(नपुगेको पनि एकिन भएको छैन। बाढीले ५० औँ जना बेपत्ता भएको स्थानीयले बताएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन्। 

उनले यो प्राकृतिक विपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुट्न अपिल गरेका छन्। ‘सरकारले  आजै टेण्ट र खाध्यान्न जुन(जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ उहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु ।’तामाङले फेसबुकमार्फत भनेका छन्, ‘अन्तराष्ट्रिय समुदायलाई यो विपत्तिमा साथ दिन अपिल गर्दछु ।’

खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन तामाङले अपील गरेका छन्।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार