सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामममा गएराति परेको भारी वर्षा पछिको बाढी पहिरोबाट पीडितहरुको सहयोगार्थ सहयोग रकम संकलन कार्य शुरु गरिएको छ । नेपाली कांगे्रस सुदूरपश्चिम कार्य समितिका सदस्य भक्त बहादुर ठकुल्लाको नेतृत्वमा शनिबारदेखि काठमाडौँमा सहयोग रकम संकलनको काम शुरु गरिएको हो । पहिरोको वितण्डाले उठिबास लागेहरुको पिडामा थोरै भए पनि राहत पुगोस भन्ने उदेश्यले रकम संकलन गर्न शुरु गरेको कांगे्रस नेता समेत रहेका ठकुल्लाले बताए । उनले यो प्राकृतिक प्रकोपबाट परेको समस्या सबैको साझा भएकाले यस दुखद घट्नामा आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नका लागि समेत आग्रह गरेका छन । अछाम घर भई काठमाडौँमा रहेर विभिन्न पेशामा आवद्ध व्यक्तिहरुबाट शनिबार मात्र झण्डै ४३ हजार रुपैया नगद संकलन भएको सहयोग रकम संकलन समितिका फोकल पर्सन लोकेन्द्र बुडथापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर अहिले सम्म २१ जनाले ज्यान गुमाएका छन । पहिरोमा पुरिएर अझै २ जना बेपत्ता छन ।जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकाका विभिन्न वडामा गएको पहिरोमा पुरिएर ११ जना घाइते भएका छन । घाइते मध्ये गम्भीर घाइते ३ जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकोप्टर मार्फत सुर्खेत ल्याइएको हो । अन्य घाइते तीन जनाको अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन । अविरल वर्षापछि अछाममा ठूलो जनधनको क्षति भएको छ । घट्नाको विस्तृत विवरण प्राप्त भइसकेको छैन । बेपत्ताहरुको खोजी संगै उद्दारको काम भइरहेकाले क्षतिको पुरा विवरण संकलन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।

 



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार