मुगु - छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले जुनसुकै काम गर्दा व्यक्ति नभइ विधिलाई मान्न आग्रह गरेका छन् ।
छायाँनाथ रारा नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको तीन महिने तालिमको समापनका अवसरमा आयोजना गरिएको दीक्षान्त समारोहमा बाेल्दै नगर प्रमुख शाहीले यस्तो बताएका हुन् ।
नगर प्रमुख शाहीले नगरप्रहरीलाई विधिमा रहेर अनुशासनमा रहेर नगरप्रहरीलाई काम कर्तव्य गर्न आग्रह गदै नगर प्रमुख शाहीले नगरप्रहरीका १२ वटा अधिकार भित्र रहेर काम गर्नु पर्ने र व्यक्ति भन्दा विधिलाई मान्नु पर्ने बताए ।
स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको र त्यसै अनुरुप जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा तीन महिने आधारभूत तालिम आयोजना गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा नगर प्रमुख शाहीले जोड दिए ।
नगर प्रहरी दीक्षान्त समारोह कार्यक्रमको आयोजनामा नगर प्रमुख बाट नगर प्रहरीले सपथ र दर्ज्यानी चिन्ह ग्रहण गरेका छन ।
तीन महिने तालिम प्रदान
मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले भर्ना गरेका नगर प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मुगुले तिन महिने आधारभूत तालिम प्रदान गरेको छ । नगर प्रहरीको कार्य सम्पादनलाई प्रभावकारी बनाउन छायाँनाथ रारा नगरपालिकाको जिल्ला प्रहरी कार्यालय मुगुले तीन महिने आधारभुत तालिम सञ्चालन गरेको हो ।
तालिममा ३१ जना नगर प्रहरीको सहभागिता रहेको भएपनि एकजना भागेका छन । उनीहरूलाई प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम–कर्तव्य, कार्यालय सुरक्षा विधि, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्थालगायतका बारेमा तालिम दिइएको जिल्ला प्रहरी कार्यालय मुगुका समादेशक प्रहरी उपरीक्षक चित्र बहादुर भट्टराईले बताए ।
उनीहरूलाई बजार व्यवस्थापन, अग्नी नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापनका बारेमा पनि तालिम दिइएको छ। नगर प्रहरीलाई घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिइएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए ।
नगर प्रहरीलाई शारीरिक व्यायाम, खेलकुद, कवाज, खालीहात लडाइँलगायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । नगर प्रहरी जवान २४ जना हवल्दार ५ जना र १ जना असई गरी ३१ जना रहेका छन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...