टाइम्स देखि बीबीसीसम्म सबैलाई लागेको थियो कि ह्यारीले पक्कैपनि हजुरआमालाई सोधेरै छोरीको नाम राखेका थिए । तर, जब ती सञ्चार जगतले त्यसो नगरेको सुईंको पाए, तिनले समाचारको लागि मसला भेट्टाइहाले ।
एजेन्सी - अहिले पश्चिमी सञ्चार माध्यम मेघन र बेलायती राजकुमार ह्यारीलाई पुत्रीलाभ भएको खबरले तातेको छ । पुत्रीलाभ हुनासाथ अमेरिका बस्दै आएको यो जाडीलाई विश्वभर विशेषतः बेलायतबाट बधाइको ओहिरो लागेको थियो ।
राजकुमार ह्यारी र डचेज अफ ससेक्स मेघनले आफ्नी छोरीको नाम नवजात शिशुकी बूढी हजुरआमा महारानी एलिजाबेथ र तथा स्वर्गीय हजुरआमा राजकुमारी डायनाको नाममा ‘लिलिबेथ डायना माउथबेथन–विन्डसर’ राखेका छन् । अहिले फेरि यही नामको विषयलाई लिएर टिक्का–टिप्पणी चलिरहेको छ ।
बीबीसीका अनुसार, बच्चा जन्मनुअघि ह्यारी र मेघनले हजुरआमा महारानी एलिजाबेथसँग कुराकानी गरेका थिए । सबैले अपेक्षा गरेका थिए कि त्यतिबेला ह्यारीले पक्कै छोरीको नामका विषयमा महारानीसँग कुरा गरेको हुनपर्छ । तर बगिङ्गहम दरबारको स्राेतका अनुसार ह्यारीले त्यसो नगरेको खुलेको छ । यसले फेरि महारानी एलिजाबेथको निकमेम ‘लिलिबेथ’को पनि चर्चा चुलिएको छ ।
हजुरबुवा राजा जर्ज पाचौंसँग बग्गीमा सवार बालिका एलिजाबेथ, १९३२ । फोटोः बिबिसी
एलिजाबेथ कसरी भइन् लिलिबेथ ?
लिलिबेथ रानी एलिजाबेथको पारिवारिक नाम हो जुन नामले उनलाई नितान्त आत्मिय र नजिककाले मात्र बोलाउँछन् । यो निकनेम उनले त्यतिबेला पाएकी हुन्, जतिबेला यिनी प्रष्टसँग आफ्नो नाम एलिजाबेथ उच्चारण गर्न पनि राम्ररी सक्दिन थिइन् ।
उनले प्रष्टसँग आफ्नो नाम उच्चारण गर्न नसकेकोले प्रेमपूर्वक उनका हजुरबुवा तत्कालीन राजा जर्ज पाचौंले उनलाई लिलिबेथ भनेर बोलाउँथे । त्यसपछि प्रेमपूर्वक उनका निकटस्तहरूले उनलाई यही पारिवारिक नामले बोलाउन थालेका हुन् ।
पछिल्लोपटक उनकी नजिककी संगी एर्ल माउथबेथनको अन्त्येस्टीमा श्रद्धाञ्जलि स्वरूप एलिजाबेथ स्वयमंले पनि ‘लिलिबेथ’ भनेर हस्ताक्षर गरेकी थिइन् ।
सञ्चार जगतको नश्लीय स्वरूप
टाइम्स देखि बीबीसीसम्म सबैलाई लागेको थियो कि ह्यारीले पक्कैपनि हजुरआमालाई सोधेरै छोरीको नाम राखेका थिए। तर, जब ती सञ्चार जगतले त्यसो नगरेको सुईंको पाए, तिनले समाचारको लागि मसला भेट्टाइहाले । अहिले उनीहरू ह्यारीले यसमा हजुरआमाको स्वीकृति लिनपर्थ्याे भनिरहेका छन्, भला राजदरबारले यो विषयमा कुनै आपत्ति जनाएको छैन ।
हजुरआमा रानी एलिजाबेथसँग राजकुमार ह्यारी । फोटोः बीबीसी
ह्यारी–मेघनको जोडी र बेलायती राजदरबारको सम्बन्धलाई लिएर पश्चिमा सञ्चारहरूले हेडलाइन बनाउने गरेका छन् । ह्यारीले बुवासँग खटपट हुँदै आएको खुलाए पनि हजुरआमासँग भने नियमित जसो भिडियो कल हुने बताएका थिए । त्यसो त पुत्री लाभ भएपछि महारानी लगायत राजपरिवारका सबै वरिष्ठ सदस्यले बधाइ दिँदै खुसी व्यक्त गरिसकेका छन् ।
भर्खरै जन्मेकी लिलिबेथ महारानी एलिजाबेथकी ११ औँ पनाति–पनातिनी हुन् । ह्यारी र मेघनको पहिलो सन्तानको रूपमा लिलिबेथको दुई दाजु आर्ची छन् । त्यसो त आर्चीको छालाको वर्णलाई लिएर पनि बेलायती मिडियाले ठूलो टिक्का–टिप्पणी गरेका थिए । यसले मेघन र ह्यारीलाई विक्षिप्त पारेको मेगनले खुलाएकी थिइन् ।
यो जोडीले बेलायती सञ्चारमाध्यमको नश्लीय र जातिवादी चियोचर्चोबाट आफूहरू वाक्क–दिक्क भएको बताएको थियो । पछिल्लो समय उनीहरु क्यालिफोर्नियाको सान्ता बारबरा नजिकै बस्दै आएका छन् । एजेन्सीको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...