काठमाडौं - मेयरलाई पदमा उम्मेदवार हुने व्यक्तिको शिक्षा के कति हुनु पर्ने वा नभए पनि हुने भन्नेबारे बहस चर्किँदो छ । आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउँबाट विभिन्न पदका लागि उठेका उम्मेदवारहरूले कति पढेका छन् भने जनचासो हुनु स्वाभाविक नै हो । 

अझ, उम्मेदवारहरूको प्राथमिकतामा मतदाता शिक्षा पर्दै नपरेको पाइएको छ । कस्ले बढी मत ल्याउने भन्ने दौडमा उम्मेदवार रमाइरहेका बेलामा मतदाता शिक्षालाई कसैले ध्यानमा राखेको देख्न सकिदैन । उम्मेदवारले केबल 'फलानो चिह्नमा मतदान गर्नुहोला' मात्रै भन्ने गरेका छन् । मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको लागि नेपाली कांग्रेसको उम्मेदवार विनोद चालिसेले यस समस्यालाई मनन गरेको देखिन्छ । दुई विषयमा स्नातकोत्तर गरेका चालिसे मतदाता शिक्षालाई पनि प्राथमिकतामा राखेर घरदैलो कार्यक्रम गरिरहेका छन् । काठमाडाैँकाे बुढानिलकण्ठमा एमाले उम्मेदवार मिठाराम अधिकारी ८ कक्षा पास, ओवादीका डम्बर अधिकारीले आइए पास, समाजवादीकाे उम्मेदवार  बालकृष्ण श्रेष्ठले स्नातक( बिए) पास, स्वतन्त्र युवा उम्मेदवार सुमित खरेल स्नातकाेत्तर(एमए) अध्ययनरत, विवेकशील साझाकी उर्मिला भुर्तेल पनि स्नातकाेत्तर अध्ययनरत छिन् भने राप्रपाकी निना भेटवालले पनि आइएसम्म अध्ययनरत भएकाे बताइन्छ ।

सरकारीकाे सम्पत्तिकाे दुरूपयाेग र प्राकृतिक श्राेतका दाेहन नगर्ने प्रतिबद्धता व्यक्त गरेका चालिसे जीवन्त सहरकाे एजेन्डालाई मूर्त रुप दिन आफ्नो उम्मेद्वारी रहेको बताउँछन् । उनको प्रतिबद्धतापत्रमा ‘मेयर साब’काे सट्टा ‘जनताकाे सेवक’ बन्ने लेखिएकाे छ ।

विधिकाे साशन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायी मेयरकाे परिकल्पनाभित्र नगरकाे भूउपयाेग नीति, सहरी विकास प्राधिकरणको मापदण्डका आधारमा भाैतिक संरचना तथा विकास निर्माणदेखि खेतीयाेग्य जमिनकाे उचित संरक्षणमा स्थानीयलाइ प्रेरित गरेर ‘बुढानिलकण्ठकाे तरकारी बुढानिलकण्ठमा’ भन्ने अवधारणामा कृषि तथा कृषि उपजलाइ प्राथमिकरण गरि तरकारीमा आत्मनिर्भर बनाउने उनको योजना छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार