काठमाडौं । नेपाली कांग्रेसबाट बुढानीलकण्ठ नगरपालिकाको मेयर पदको उम्मेदवार विनोद चालिसे घरदैलो कार्यक्रम गरिरहेका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा बस्ने टोल र कांग्रेसकै युवा नेता गगन थापाको निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा चालिसेप्रति स्थानीय मतदाताहरु बढी आशावादी देखिन्छन् ।
पार्टी राजनीतिमा सक्रियतासँगै लेखन तथा अध्यापनमा जीवनकाे साँढे ३ दशक बिताएका चालिसे ४६ वर्षका भए । उर्जाशील उमेरमा मेयर पदकाे संघारमा रहेका चालिसेसँग हेर्न, घुम्न र बस्नलायक बुढानिलकण्ठकाे जीवन्त सपना छ । सहरी विकासकाे एउटा सुन्दर परिकल्पना गरि आफ्नो याेजना र प्रतिबद्धता बाेकेर चालिसेले समृद्ध बुढानिलकण्ठकाे सपना सजाएका छन् । त्याे सपना जहाँ जीवन्त नगरकाे चाहना देखिन्छ।
चालिसेले प्रदुषणरहित, हरियाली, सुरक्षित र व्यवस्थित बसाइकाे स्वरूपमा ढाँचा तयार पारेका छन् । विगत पाँचवर्षमा जनप्रतिनिधिले गरेका बिबिध व्रम्हलुटदेखि जनताकाे आकांक्षा र अपेक्षामाथिकाे तुषारापातका अनगिन्ति र असरल्ल व्यथालाई सम्बोधन गर्ने उनको लक्ष्य छ । बेथिति र विसंगतिबाट नगरपालिकालाइ उठाउँदै समुन्नत बुढानिलकण्ठकाे सपना र याेजना बाेकेर चालिसे चुनावी मैदानमा होमिएका हुन्।
सरकारीकाे सम्पत्तिकाे दुरूपयाेग र प्राकृतिक श्राेतका दाेहन नगर्ने प्रतिबद्धता व्यक्त गरेका चालिसे जीवन्त सहरकाे एजेन्डालाई मूर्त रुप दिन आफ्नो उम्मेद्वारी रहेको बताउँछन् । उनको प्रतिबद्धतापत्रमा 'मेयर साब'काे सट्टा 'जनताकाे सेवक' बन्ने लेखिएकाे छ ।
विधिकाे साशन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायी मेयरकाे परिकल्पनाभित्र नगरकाे भूउपयाेग नीति, सहरी विकास प्राधिकरणको मापदण्डका आधारमा भाैतिक संरचना तथा विकास निर्माणदेखि खेतीयाेग्य जमिनकाे उचित संरक्षणमा स्थानीयलाइ प्रेरित गरेर 'बुढानिलकण्ठकाे तरकारी बुढानिलकण्ठमा' भन्ने अवधारणामा कृषि तथा कृषि उपजलाइ प्राथमिकरण गरि तरकारीमा आत्मनिर्भर बनाउने उनको योजना छ ।
चालिसेको प्रतिबद्द्धता पत्रमा स्थानीय माैलिक धार्मिक तथा सांस्कृतिक धराेहर, मन्दिर, जात्रा, पर्व, भाषा साहित्य, कला संस्कृतिकाे विकास सम्बर्धन र संरक्षणलाइ प्रभावकारीरूपमा चित्रित गरिएकाे भेटिन्छ । काठमाडाैँ उपत्यकाकाे सभ्यतासँग सानिध्यता राख्ने बुढानिलकण्ठ मन्दिरलाइ धार्मिक वातावरणयुक्त तथा क्षेत्र विकास समितिलाइ पूर्णता दिँदै विश्व सम्पदा सूचिमा राख्ने प्रयास गरिने उनले बताएका छन् । यसैगरी, उनले लिच्छविकालीन वस्ती तथा सम्पदालाइ कंक्रिटरहित परम्परागत माैलिक पहिचानलाइ जीवन्त राख्ने विषयलाई पनि प्राथमिकता दिएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...