काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर र उपमेयरका उम्मेदवारद्वय विनोद चालिसे र रमिला वाग्ले चर्चित हास्य कलाकार हरिवंश आचार्यसँग आशीर्वाद लिन पुगेका छन् । 

घरदैलो अभियानको क्रममा उनीहरु नगरपालिकाको वडा नं ४ मा पर्ने आचार्य निवासमा पुगेर उनीसँग आशीर्वाद मागेका हुन् ।आचार्यले आफूहरु यो र त्यो पार्टीको समर्थक नभएको भन्दै जसले जितेपनि जनता र नगरपालिकाको हितमा काम गर्न सुझाव दिएका थिए । आचार्यले जीतको शुभकामना दिँदै जनमतको कदर गर्न सुझाव पनि दिएका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार