काठमाडौँ । राउटे समुदायका युवतीहरूलाई होटलमा लिई मदिरा सेवन गराई अश्लील भिडिओ बनाउने सुर्खेतका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले जिल्लाको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई पक्राउ गरेको हो । पुन होटल सञ्चालक हुन्। उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए।

हाल राउटे समुदाय गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन्।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार