Author

हामीसँग खाने तातो–छारो थिएन, भोकले यति रनथनिन्थ्यौँ कि हामीले आफ्नो नाम समेत भुल्थ्यौँ ।

८१ जना रोहिङ्गा शरणार्थी बोकेको एक डुङ्गा इन्डोनेसियाको निर्जन टापुमा किनारा लागेको छ । उक्त डुङ्गामा झण्डै १०० नदेखि रोहिङ्गाहरू यात्रारत थिए । अहिले ती शरणार्थीहरू प्रशासनले इन्डोनेसिया छिर्न दिन्छ या समुन्द्रमै फर्काउँछ भन्ने पर्खाइमा रहेका छन् । 

आचे प्रान्तको इडामन टापुको किनारामा शुक्रबार बिहान उक्त डुङ्गा देखिएको थियो । लोक्सेमावे सहरबाट दुई घण्टाको दुरीमा पुगिने उक्त टापुमा आक्कल–झुक्कल मछुवारेहरूले आराम गर्ने गर्छन् । 

‘हाम्रा फिल्डमा खटिने कर्मचारीले ति शरणार्थीलाई भेटेका थिए । उनीहरूले तीन महिनाभन्दा बढी डुङ्गाको यात्राबाट त्यहाँ आइपुगेको बताएका थिए । एक एनजीओका निर्देशक रिमा पुत्र साहले बताएका छन् । उक्त एनजीओले इन्डोनेसिया र मलेसियामा शरणार्थीहरूलाई सहयोग गर्छ । "उनीहरू भारतबाट आचेसम्म १०० सिटे डुङ्गामा चडेर आएका हुन्", साहले अल जजिरालाई बताएकी छन् ।

शरणार्थीमध्ये धेरै जसो महिला तथा बालबालिका छन् । उनीहरू बंगलादेशको शरणार्थी शिविरबाट यात्रा गर्दै भारतीय समुन्द्र किनारमा पुगेका थिए । भारतीय किनारामा तिनको डुङ्गा भाँचिएको थियो । भारतीय बन्दरगाहका सुरक्षकर्मीले तिनको ढुङ्गा मर्मत गरिदिएका थिए, खानेकुरा र पानी पनि दिएका थिए । तर, त्यहाँको जमिनमा टेक्न भने तिनले दिएका थिएनन् । 

भारतीय बन्दरगाह गार्डका अनुसार, उक्त डुङ्गामा ९० शरणार्थी थिए र आठ जना भने मृतक थिए । शरणर्थीहरूलाई बंगलादेश फर्कन दिइएन र उनीहरूलाई मलेसियातिर लाग्न बाध्य भएका थिए र अन्नतः इन्डोनेसियाको आचे आइपुगेका थिए । 

"हो, उनीहरू दयनीय हालतमा छन्, अनि यो टापुमा पनि केही सुविधा छैन, लामखुट्टेले भरिएको छ", साहले सुनाइन्, "उनीहरू मुख्य भू–भाग नजिकै छन् र आचेमा बस्ने अनुमति पाइन्छ या पाइँदैन, त्यसैको पर्खाइमा छन् ।"

नाम खुलाउने सर्तमा कसैले अल जजिरालाई बताएको छ कि त्यहाँको स्थिति दयनीय छ । स्राेतका अनुसार, त्यहाँको स्थानीय प्रहरी शुक्रबार साँझ शरणर्थीहरूलाई डुङ्गामा फर्कन र इन्डोनेसियाको समुन्द्र छाड्न भनेको थियो । तर शरणर्थीले प्रहरीको आदेश इन्कार गरेका थिए । यसको टुङ्गो शनिबारसम्ममा लाग्ने पनि बताइएको छ ।

साहका अनुसार, निर्णय स्थानीय सरकारको समर्थनमा जाकार्ताको केन्द्रीय सरकारले दिनेछ । आचे प्रान्त विगतदेखि नै मुस्लिम रोहिङ्गा शरयार्थीप्रति उदार देखिँदै आएको छ । इन्डोनेसियाको यही ठाउँमा मात्रै सारिया कानुन चल्ने गर्छ । जुन र सेक्टेम्बरमा पनि १०० र ३०० शरणर्थी बोकेको डुङ्गालाई स्थानीय मछुवारको सहयोगमा आचे प्रान्तले आश्रय दिएको थियो ।

सेक्टेम्बरमा आउने शरणार्थीमध्ये एक १८ वर्षीय गुरा अमिन पनि थिए । बंगलादेशको कक्स बजारबाट सात महिनाको सामुन्द्रिक यात्राबाट उनी त्यहाँ पुगेका थिए । उनले इडमान टापुमा शरणार्थीको हालत कस्तो दयनीय थियो भनेर अल जजिरालाई बताएका थिए । "हामीसँग खाने तातो–छारो थिएन, भोकले यति रनथनिन्थ्यौँ कि हामीले आफ्नो नाम समेत भुल्थ्यौं", उनले बताएका थिए, "आचेमा रहेका सबै मेरा शरणार्थी दाजुभाई तथा दिदिबहिनीको लागि म प्रार्थना गरिरहेको छु ।" 

अमिनको अनुसार, रोहिङ्गाहरूसँग केही विकल्प छैन । पुनर्वास खोज्दै कि त जोमिमपूर्ण सामुन्द्रिक यात्रा गर्न पर्यो कि त म्यानमारमा हिंसा भोग्न पर्यो । २०१७मा लाखौं रोहिङ्गाहरूलाई राखिने प्रान्तको आफ्नो थातथलो छोडेर हिँड्न बाध्य पारिएको थियो ।

थाइल्याण्ड र मलेसिया जस्ता दक्षिण एशियाका मुलुकहरू रोहिङ्गालाई आश्रय दिने कुरामा अनिच्छुक छन् । यी दुवै मुलुकले आश्रय दिन नचाहनुको पछाडि कोरोना भाइरसलाई कारण देखाएका छन् । त्यसैले रोहिङ्गाहरूलाई आश्रय दिने थोरै मुलुकमा इन्डोनेसिया परेको छ । हुन त उसले रोहिङ्गालाई स्थायी बसोबास र रोजगारी गर्न भने दिएको छैन, अन्तराष्ट्रिय शरणार्थी सन्धिले त्यसो गर्न बाध्य पारेको छैन ।

‘यद्यपि, इन्डोनेसियाले पनि रोहिङ्गा शरणार्थीलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप आश्रय दिन सकेको छैन’ एमनेस्टी इन्डोनेसियाका निर्देशक उस्मान हमिदले बताएका छन्, "रोहिङ्गाशरणर्थीलाई अत्यावश्यक सेवा–सामाग्री उपलब्ध गराउन केन्द्रीय सरकारले स्थानिय सरकारलाई सहयोग गर्नपर्छ । सरकारले म्यानमार बाहिर रहेका रोहिङ्गा शरणर्थीहरूको लागि जिम्मेबारीको आधारमा बंगलादेश र मलेसियासँग पनि क्षेत्रीय छलफल चलाउनुपर्छ ।"

हमिदले रोहिङ्गाहरूको संरक्षणको पुनर्वास तथा नयाँ मुलुकको लागि यातायत कागजातको प्रबन्ध गर्ने काममा अन्तराष्ट्रिय समुदायले पनि ठूलो भूमिका निभाउनुपर्ने बताएका छन् । पहिलाका इन्डोनेसियामा रहेका रोहिङ्गा शरणार्थीहरूले अमेरिका तथा क्यानडामा पुनर्वास पाएका थिए । 

साहका अनुसार, सरकारी निर्णयको पर्खाइमा रहेका रोहिङ्गा शरणर्थीहरू अहिले अस्थायी पालमा बसिरहेका छन् भने वरपरका स्थानीयबासीहरूले तिनको लागि खानेकुरा र पानीको व्यवस्था गरिदिएका छन् । २०२० मा आचेमा आएका अधिकांश रोहिङ्गा शरणर्थीहरुलाई अप्रिलदेखि यता मेदान सहरमा राखिएको छ । सरकारको आचेको सट्टा रोहिङ्गा शरणर्थीलाई एकिकृत रूपमा उत्तरी सुमात्रामा बसाउने नीति अन्तरगत तिनलाई मेदानमा सारिएको हो ।

अलजजिरा लगायत विभिन्न एजेन्सीहरूबाट

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार