'नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना'
'नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना'
काठमाडौँ – शनिबार विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वातावरण संरक्षणका पहलको वकालत गर्दै हरेक वर्ष जुन ५ मा यो दिवस मनाइन्छ । नेपालमा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम नभए पनि भर्च्युअल रुपमा विभिन्न क्षेत्रले दिवसको अवसरमा वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गर्दैछन् । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।
मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यही कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...