काठमाडौं - सरकारले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेण्ट पोलिसी क्रेडिट’ बापत प्राप्त हुने १५० बिलियन अमेरिकी डलर (करिव १८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
थप निर्णयहरू :
१. तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइनका लागि जग्गा प्राप्तिसम्बन्धी कामका लागि अधिकारी तोक्ने निर्णय गरेको छ ।
२. सरकारले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको ४ किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने, नेपाल खुला विश्व विद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गर्ने, शिक्षक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
३. सफा हिमाल अभियान २०२० मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गार्भेज धरौटीबापतको रकम छुट दिने निर्णय गरेको छ । नेपाल टेलिभिजनको अध्यक्षमा ४ वर्षका लागि समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
४.र्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीहरूलाई राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढ्वा नियुक्ति गर्ने निर्णय गरेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...